SiteMap View

SiteMap Hidden

Main Menu

About Us

Notice

Our Actions

E-gen Events

Our Actions

मेरो वर्तमानता!!

by Prakriti Dhakal | 25-07-2017 22:21



(This poetry is about a Dreadful event that had crashed the Glass of Human patience when some Demoniac aristocratic boys raped a girl badly)
This poetry is solely Dedicated to her soul and all the girls throughout the world who have been in inhumane torture by the Beastful miscreants .
It is a rhythm that must have been divinely played inside the Unconsciousness of Her Mind when she was fighting for her life at Hospital . Though she couldn?t win over the Death but her Death was revolutionary in the sense all the Wretched Girlhood of the world whipped for Breakage of their potentiality to withstand Politics of Unequality .
————————————————————
यतिखेर ,

मेरो प्राण

जन्म र मृत्युको बिचमा

पेण्डुलम झैं झुलि रहेको छ ??..
म भित्र

मेरै अनुहार बोकेका

हजारौं निर्दोश नारिहरु

कपाल फिजारेर

निला निला आँखा बोकेर दौडि रहेका छ्न् ।

उनिहरुको

अनुहार कालो बादलले ढाकेको आकाश जस्तो

डरलाग्दो छ ।
उनिहरुको

शरीर , रगतका छिट्टाहरुले

कुरुप देखिएको छ ।
उनिहरुको वस्त्र

कतै लुछिएको छ ।

कतै स्तन देखिने गरि च्यातिएको छ ।
ठूलो ठूलो आक्रान्त स्वरमा

भागि रहेछन् उनिहरु ।
र , उनिहरुलाइ पछाडीबाट

लखेटिरहेछ्न् ,

राक्षसका अनुहार बोकेका एक हूल

हिस्रक मानिसहरु ।
———————————————————
यतिखेर ,

म भित्रबाट पुरै मरिसकेको छु ।

मेरो अनुहार निस्तेज

कुनै निभेको बत्ती सरी निभिसकेको छ ।
मेरो हृदय

कतै प्रेम नै नअट्ने गरी छिया छिया भैसकेको छ ।
बाच्ने आकाक्षांहरु ,

मेरो अन्तर्पिडाको समुन्द्रमा डुबेर विलिन भैसकेका छ्न् ।
तर , म भित्र अझै केही जिउदो छ ।

म भित्र केही चलमलाइ रहेछ ।
युद्दको अन्त्य पछि

एउटा बाकी रहेको घाइते योद्दा जसरी

छ्ट्पटीरहेछ केही ।
——————————————————–
हो !

सायद म भित्र अझै

एउटा विद्रोह जिउँदो छ ।
मेरो हल्का हल्का चलिरहेको सास

भयंकर हुरिको रुप लिन खोजिरहेछ ।
मेरो निस्कन नसकेको प्राण

सायद एउटा प्रलय पर्खिरहेछ ।
मेरो घाऊहरूले

क्षतविक्षत भएको आत्मा,

सायद अन्तिम पटक मृत्यु शैय्याबाट उठ्न खोज्दैछ ।
——————————————————-
यतिखेर

म भित्र मेरै हजार अनुहार बोकेका नारिहरु

टक्क अडिएका छ्न् ।
उनिहरु अकस्मात मिसिएर ,

केवल एउटा शरीर बनेका छ्न् ।
उनिहरुको एउटा शरीर

कालीजस्तो रौद्र देखिएको छ ।
त्यो रौद्र शरीरको हातमा

एउटा तीखो तलवार छ ।
यतिखेर ,

घडीमा समय टक्क अडिएको छ ।
र एक एक गरेर ?

म तलवार प्रहार गर्दैछु

मलाइ लखेटीरहेका दैत्यहरुलाइ ।
मेरो तलवारले कसैको गर्द्दन च्वाट्टै छिनालेको छ । रक्त धारा बगेको छ । कसैको खुट्टा , कसैको हात ,

यतिखेर म एक पछि अर्को दैत्यको

संहार गर्दैछु ।

अन्याय र अत्याचार विरुद्दको

एउटा संग्राम सिद्दाएर

म भित्र बाकिरहेको प्राण
तलवार भुइँमा झारेर ,

भुक्लुक्क भुइमा ढलेपछि ?

बाबा आमा हजुरहरूको सपना पुरा गर्न सकिन,

समाजमा म एक सक्षम नारी भएर अडिन सकिन,

मलाई माफ गर्नुहोला ।
————————————————————-

कृपया !
मेरो मृत्यु सगैँ

बालिने लाखौँ मैनहरु??

यो समाजका प्रत्येक दैत्यहरुको चिता बनोस!!!

मेरो वर्तमानता!!!
I am specially dedicating this poem to my Nepali friends as language above speaks :)