SiteMap View

SiteMap Hidden

Main Menu

About Us

Notice

Our Actions

E-gen Events

Our Actions

प्यारो प्रकृति र म

by Sujan Adhikari | 21-04-2015 09:57




आज फेरी खुसि लागेको छ 
किनकि 
हामी प्रकृतितिर फर्किरहेका छौ
रहर ले होइन बाध्य भएर
कैयौ बैज्ञानिक अविष्कारलाई 
अन्योलित बनाएर
तेही सुन्दर अनि स्वोर्गीय वातावरणतिर
स्वोछ्ताको आभास लिन 
ऋषि मुनिको तपस्यास्थल 
रामको बनबास 
साच्चै मानिस भयको कल्पना गर्न 
बिबेकशील र बुद्धिशील 
जहाँ बाट आएथ्यौ तेही, 

प्राकृतिक जिन्दगी 
साच्चै खुसि र हर्सको हो 
जुन सहरको चिच्याहट 
प्रविधिको सन्त्रास
र आधुनिकताको अतिवादबाट दुर छ 
हाम्रो पुर्खाहरुले येसैलाई
आफ्नो बासस्थान बनाए 
येही हासे, नाचे 
र गाए पनि 
तर हामी भने 
किन मोहित बैज्ञानिक अविस्कारतिर ?
प्रकृतिलाई बाच्न नदिकन 
र मलाई बाच्न देउ भन्ने आवज नसुनिकन
येसैमा दुख लागेको छ 
मेरो जन्मस्थल
अनि उत्पतिस्थल
प्यारो प्रकृतिलाई 

विभिन्न समस्याहरुको बाबजुध पनि 
प्रकृति बाचेकै छ 
मानिसले उसको बाच्न देउ भन्ने 
आवाज नासुने पनि 
प्रकृति हासेकै छ 
दुख पिडालै लुकाएर 
तेसैले धिक्कार छ 
बैज्ञानिक अविस्कारलाई 
मेरो पुन्यस्थल 
प्रकृतिलाई रुवाउने 
अनि 
हासो खुसिलाई छताछुल्ल पार्ने 
र हामीलाई येसबाट दुर गराउने 
तेही बैज्ञानिक अबिस्करलाई 
अनि एसको उद्गमस्थल 
तेही बिबेकहिन बुद्धिलाई    

जसरि भएनि हामी बाचेकै थियौ 
आध्यारो रातमा जुनको उज्यालो हेरेर 
गर्मि क्षणमा प्रकृतिको सितलता तापेर 
किन चाहिन्थ्यो हामीलाई 
एटोम बम र डाइनामाइट ?
जुन मनाबकै बिरुद्ध आदिक छ,
जसले मानवलाई नै बिनाश गर्छ 
अनि उसको उत्पतिस्थल प्यारो प्रकृतिलाई 
अनि रगतको खोलि बगाउछ 
र निर्दोष आखाबाट आसु छचल्काउछ 
अनायेसै 
आज प्रकृति अन्योलमा परेको छ 
मात्र प्रकृति होइन 
मानब समुदायपनि 
र अस्तित्व समाप्त हुन लागेको छ 
उसकै बैज्ञानिक अविष्कारले 
येस्तै हुने हो भने 
मानिसको अनादिकाल देखिनै
प्रकृतिसंग रहेको गहिरो सम्बन्ध 
अवस्य टुट्नेछ एकदिन

मलाई हत्याहिंसा 
अनि सहरको रवाफिलो 
जिबन व्यतीत गर्नु छैन 
मात्र मलाई शान्ति चाहिएको छ 
हत्या हिंसा  अनि रगतको खोलि होइन,
कलियुग होइन सत्ययुग
तेसैले 
म फेरी गौतम बुद्धलाई भेट्न चाहान्छु , बोधगयामा 
अनि उसंगै तपस्या गर्ने छु ,शान्तिकालागी  
गान्धीलाई सडकमा हेर्न चाहान्छु,
अनि सिक्नेछु आवाज उठाउन,अन्याय ,अत्याचारविरुद्ध 

तेसैले प्रकृति म आउदै छु 
तिम्रो तेही न्यानो काखमा 
मेरै बैज्ञानिक अबिश्करबाट दुर भयर 
सदाकालागि
तिम्रो मिश्रित हासोसंग मेरो हासो मिसाउन
मा यहाभन्दा तेही खुसि हुनेछु 
म सिकाउनेछु 
तेहाका प्राणीहरुलाई 
अत्याचारविरुद्ध लड्न 
गौतम बुद्ध को शान्त स्वभाब 
अनि तेहा सत्युग छाउनेछ 
खुसी छाउनेछ 
मलाई तेहा स्वोर्गीय आभास हुनेछ 
सुरक्षित हुनेछु 
तेही मेरो प्यारो 
प्रकृतिमा 
सदाकालागी